जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि, निको भए ५ हजार ७६८ जना

बुधबार थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो।

त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ।

देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।