जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु, ६६५३ जना संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणबाट थप १ सय १ जनाको मृत्यु भएको छ । ६ हजार ६ सय ५३ संक्रमित थपिएका छन् ।

केही दिनयता संक्रमण कम भएको बताइएको थियो । तर सरकारले एन्टिजेन परीक्षण बढाएपछि नयाँ संक्रमितको संख्या बढी देखिएको हो ।

पछिल्लो पटक १४ हजार १ सय ८२ पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण गर्दा २०२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एन्टिजेन परीक्षणमा यति धेरै संक्रमित भेटिएको पहिलो हो ।

यस्तै थप १ सय १ जनाको मृत्यु भएपछि संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७ सय ३१ पुगेको छ । पछिल्लो पटक ८ हजार ६ सय ६३ जना संक्रमण मुक्त भएका छन् ।

अब सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ मा झरेको छ । १४ सय २२ जनाको आइसीयु र ४ सय ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटरमा जानेको संख्या बढेको छ ।