जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा थपिए १२८१ जना कोरोना संक्रमित, आठको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार  २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७  जनाको एन्टिजेन परीक्षण भएको थियो। यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ ।