जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो चौबीस घण्टामा ३०३ जना सङ्क्रमित थपिए,एकजनाको मृत्यु

नेपालमा कोरोना भाइरसका ३०३ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार १२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी जानकारी सार्बजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा एन्टिजेन परीक्षणमा ६४ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उक्त संख्या आरटीपीसीआरबाट सङ्क्रमणको पुष्टि भएकामा जोडिएको छैन् ।

पछिल्लो चौबीस घण्टामा १४१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार २७ जना निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले एक ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० जनाको मृत्यु भएको छ ।

हाल दुई हजार ९६१ जना आइसोलेशनमा र ८३ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १२ हजार ९०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।