जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल टेलिभिजन र रेडियो नेपाल गाभ्ने सरकारको घोषणा

सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । शुक्रवार सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा याे कुरा समावेश गरिएको हो ।

त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सरकारको नीति तथा कार्यक्रम छ । अनलाइन सेवालाई सबै वडामा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्धन तथा मर्यादित पत्रकारिताका लागि नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रूपमा अघि बढाउने पनि सरकारको नीति छ ।