जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नुभिव मृत्यु प्रकरण: पोखरा घारीपाटन बस्ने तीन किशोर पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

चलचित्रकर्मी तथा सञ्चारकर्मी भिमा मैनाली उप्रेती र रत्न प्रसाद उप्रेतीको छोरा नुभिव उप्रेतीको युवा अवस्थामै रहस्यमय हत्या भएको भिमाले बताउनु भएको छ ।

भिमाले यो असाध्यै अकल्पिनिय घटना भएका कारणले सत्यतथ्य पत्ता लगाऊन सबैको सहयोगको अपेक्षा राख्दै गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ६, वाराहीमन्दिर मार्गको ५० मीटर तल नेपालआर्मीले उद्धार गरी निकाली यस वडा प्रहरी कार्यालय वैदाम प्रहरीलाई मिती २०७८।०१।०४ गते शनिवार पुर्वान्न ६ः४५ मा जिम्मा लगाएको मृतक नुभिव उप्रेती मेरो छोराको लास बुझ्न जाहेरी लिई जादा लासको प्रकृती हेरी उनको रहस्यमय हत्या भएको देखिएको आवश्यक अनुसन्धान गरी तथ्य पत्तालगाई सहयोग गरीदिनहुन सबैमा अपिल गर्नु भएको छ ।

भिमाले हालज्यान सम्बन्धि कसुरको मुद्घा नं. १८३, वडा प्रहरी कार्यालय कास्की, बैदाममादर्ता भएको मेरो छोरा नुभिव उप्रेतीको मिति २०७८।०१।०४ कादिन लेकसाईड पोखरामा मरनासन्न गरी पिटी तालमा लगि डुबाई मारेको, तर डुबि मरेको भनी घटना लुकाऊन खोजेको, अहिले कुटपिट गरी मार्ने ३ जना हिरासतमा रहेको भएता पनि हामीलाई प्राप्त थप जानकारी दिनखोज्दा आलटाल गरी गल्ती ढाकछोप गर्न लागेकाले अनुसन्धान प्रभावकारी बनाईदिनु हुन यहाँहरु सबैमा सहयोगको लागि विनम्र अनुरोध गर्नु भएको छ ।
छोराको लासको प्रकृति हेर्दा टाऊको, दाहिने कोखा र गुप्ताङ्गमा निलडाम भएको, पेटमा पानीनभएको र मृतक छोराले कोखामाहात राखि छेकेको जस्तो गरी मुट्ठीपारेकोले हत्याभन्ने ठहर भएको । तर लास नहेरी जाहेरी लेख्न वाध्य पारिएको, अनुसन्धान नै नगरी आत्महत्या नै हो भनी, दोश्रो पटक आवेदन लिन नमानेको तर पुन अनुसन्धानगर्दा कुटपिट गरी हत्यागर्ने व्यक्तिहरु पत्ता लगाईएको तर हत्याको कारण अझै लुकाईएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा झपड भएको स्थान लेकसाईडको ट्रेजर लाउन्जको फुटेज लुकाइएको हुदा २०७८।०१।०३ गते राती९ बजे बाट २०७८।०१।०४ गते बिहान सम्मको सिसिटिभी फुटेज खोजी गरी पाऊँ भन्दै मृतकले प्रयोग गर्ने मोबाईल फोन सेट नभेट्टाईएको र जिमेल खोलेर ब्याकअप गरी हेर्दा वाट्स यापबाट उसले पठाएको भनिएको सबै म्यासेज नदेखिएकोले उसले आफैले आफ्नो फोनबाट म्यासेज नपठाएको प्रष्ट भएको र मेरो फोनमा म्यासेज २०७८।०१।०४ बिहान ३.१५ र मोबाईल खोसी नबुझिने म्यासेज ३.१८ पठाए पश्चात स्ट्रिट नं. १३ मा कुटपिट गरीएको उल्लेख छ ।
किन कुटाई खाएर मर्नु पर्यो १८ बर्ष नपुगेको बच्चाले ? कस्को के बिगारेको थियो होला ? हामीदुई चार अक्षर जानेकाहरुको छोरा छोरीले अनाहकमा ज्यान गुमाऊनु पर्छ भने सर्वसाधारणले के गर्ने ? सत्य तथ्य छानबिन गर्न प्रहरी गरेको प्रयास र हजुरहरु सबैको भुमिका अमहम् रहने हुदाँ सबैमा हार्दीक अपिल भिमाले गर्नु भएको छ ।

निर्घात कुट्ने तीन किशोर पोखरा घारीपाटन बस्ने  पक्राउ

नुभिवलाई राति निर्घात कुट्ने तीन किशोरहरु अहिले हिरासतमा छन् । उनीहरु हुन् खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ । लेकसाइडको स्ट्रीट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ ।