जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नागरिक परोपकार संस्था पाेखरा ३० को मिडिया उपसमिति गठन

विवेक न्याैपाने
सेवा हि परमो धर्म भन्ने पवित्र उद्धेश्यलाई आत्म साथ गरी २०७७ साल बैशाख १ गते नागरिक परोपकार समन्वय संस्था पाेखरा ३० को मिडिया उप-समितिको संयोजकमा भिमपाणी बराल चयन हुनुभएकाे छ ।

चिरन्जीवी तिवारीको अध्यक्षतामा बुधबार बसेको बैठकले बराललाई सर्वसम्मत रुपमा मिडिया संयोजकमा चयन गरेको हो ।
यसै गरी सदस्यहरुमा कविराज खनाल, महेन्द्र ढुङ्गाना सञ्जय आचार्य, विष्णुहरी पौडेल, सुमन जिसी, ऋषिराम रानाभाट, बुद्धि सुनार, रामशरण नेपाली, सन्दीप पौडेल, परशुराम शर्मा आचार्य, स्मीता अधिकारी तिवारी, नवराज सापकोटा, सचिन रानाभाट, लक्ष्मण विजय पति, दीपक परीयार, वासुदेव पौडेल, विवेक न्यौपाने, अनिसा श्रेष्ठ, सुजित परियार र राम प्रसाद तिमिल्सिना रहनु भएकाे छ ।

संस्थाका अध्यक्ष तिवारीले कोभिड १९ ले विश्वमा नै आक्रान्त पारेको विषम परिस्थितिमा संस्थाको स्थापना भएको बताउँदै यसले विभिन्न उपसमितिबाट पोखरा महानगर क्षेत्रमा विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरुलाई अगाडि बढाइएको बताउनु भयाे ।

लेखनाथ स्थित विभिन्न मिडियामा रहेका पत्रकारहरुको उपस्थिति रहेको उक्त बैठकमा संयोजक बरालले सबै पत्रकारहरु र संस्थाले आफूलाई विश्वास गरी मिडिया उपसमितिको संयोजकमा चयन गरेकोमा आभार व्यक्त गर्दै सञ्चार क्षेत्र र परोपकार समन्वय संस्थाको आपसी समन्वयबाट नै सामाजिक तथा मानवय सेवाका कार्य गर्न सकिने बताउनु भयाे ।