जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नक्कली भुटानी शरणार्थी प्रकरण : बाबु टोपबहादुर थुनामा, छोरा सन्दिपलाइ धरौटीमा छोड्न आदेश

जन्मभुमि खबर ,
पोखरा ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका बाबु-छोराको हकमा उच्च अदालत पाटनले दुई वटा आदेश गरेको छ।

थुनामै रहेका उनीहरुमध्ये टोपबहादुरको हकमा थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ भने छोरा सन्दिपको हकमा बदर गरेको छ। न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न नसकिने निष्कर्ष निकालेको हो भने छोरा सन्दिपलाई धरौटीमा रिहा गर्न सकिने निर्णय गरेको हो।

उच्च अदालतले जिल्ला अदालत काठमाडौंको पूर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै उनीसँग धरौटी माग गरेको हो। उच्चले उनले अभियोगमा इन्कारी बयान गरेको भन्दै उनलाई थुनामै राखिराख्नुपर्ने नदेखिएको भन्दै धरौटी माग गरेको हो।