जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर ६१ प्रतिशत मत खस्यो, अपेक्षाभन्दा कम

देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको जानकारी दिए ।

यद्यपि, विस्तृत विवरण आएपछि यो प्रतिशत केही बढ्न सक्ने उनको भनाइ छ ।

उनले विस्तृत विवरण आएपछि यो प्रतिशत केही बढ्न सक्ने बताए । उनले देशभर समग्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जानकारी दिए । केही मतदानस्थलमा झडप भए पनि पुनः मतदान गरिएको बताए ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको जानकारी दिएका छन् ।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै थपलियाले स्थगित भएका स्थानमा दुई दिनभित्र मतदान गर्न आयोगले निर्देशन दिएको पनि जानकारी दिए । उनका अनुसार अहिले मतपेटिका ढुवानी भइरहेको छ । काठमाडौं उपत्यकामा आजैदेखि मत गणना हुने उनको भनाइ छ ।

समग्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थपलियाको भनाइ छ ।