जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशका सम्पूर्ण अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह– सात दिनभित्र सेवा शुल्क सार्वजनिक गर्नू 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवाको शुल्क ७ दिनभित्र सार्वजनिक गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सेवाको प्रकार, त्यसको लागत र रकम शीर्षकसमेत उल्लेख गरी आफ्नो वेबसाइटमा राख्न अनुरोध गरेको हो । कोभिड संक्रमितको उपचारमा केही स्वास्थ्य संस्थाहरूले बिरामीसँग अधिक रकम असुली गरेको गुनासो आएको र सोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

उपचारमा लागेको खर्चबारे जानकारी पाउनु बिरामीको अधिकार भएको भन्दै अस्पतालहरूले आफ्नो स्वास्थ्य सेवा पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।