जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन्। क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्।

डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए। ‘दुर्गेस जी बाहिर भएकाले भोली मात्र आउँछु भन्नु भएको छ। अब मंगलबार छलफल हुने छ’, महाराजगन्ज प्रहरी वृत्त प्रमुख जिसीले भने।