जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दीपक मनाङेले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद दीपक मनाङले विश्वासको मत नदिने भएका छन्। मनाङले अधिकारीलाई मुख्यमन्त्रीमा भने समर्थन गरेका थिए।

सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र सांसद मनाङले प्रतिपक्षमा बसेर रचनात्मक काम गर्ने बताएका छन्।

‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारी ले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला ( ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमाले को २२ , माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मत बाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु,’उनले लेखेका छन्।

मनाङे मुस्ताङबाट स्वतन्त्र रुपमा उठेर सर्वसम्मत रुपमा सांसद बनेका हुन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

अधिकारीलाई एमालेका २२,नेकपा (माओवादी केन्द्र)का आठ,राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका थिए । बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन्।