जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ५७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमित थपिएका छन् ।एकहजार ९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज  २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।

आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र एकजना भेन्टिलेटरमा  उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।