जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ८३९ जनामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा १५ जना संक्रमणमुक्त हुँदा १५ हजार ५८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

बिहीबार दिउँसो २ बजेसम्म देशभर कोरोनाका ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

देशभर संस्थागत आइसोलेसनमा ९ जना हुँदा आईसीयू र भेन्टिलेटरमा एक–एक जना उपचाररत छन्।

कोरोना सुरु भएदेखि हालसम्म नेपालमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित हुनेको संख्या १० लाख भन्दा बढि छ।