जन्मभुमि खबर ,
पोखरा ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।
बस आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ४१ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बसमा ४९ जना सवार रहेको जानकारी प्रहरीलाइ दिएका छन्।
मृतक ६ जनाकै सनाखत हुन बाँकी छ।