जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

त्रिविका सबै परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु वैशाख १४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।