जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा १ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा १ हजार २०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार भने सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।