जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा १७०० रुपैयाँले घट्यो सुनको मुल्य

साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा १ हजार ७०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।