जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आज तोलामा सुन १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।