जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो।

अघिल्लो दिन छापावाल सुन प्रति तोला एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रति तोला १३ सय ५ रुपैयाँ कायम भएको छ।