जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

नाबालिग बालिकालाई जबरजस्तीकरणि गरेको अभियोगबाट उनले सफाई पाएका छन्।

जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो।

उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोगसम्बन्धी अभीयोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपुर्ती बापत जरिवाना तोकेको थियो।

शाहको तर्फबाट तनहुँ जिल्ला अदालतको फैसला पुरावेदनको लागि उच्च अदालत पोखारमा दायर भएको छ। उनी हाल तनहुँ कारागारमा छन्।