जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टोपबहादुर रायमाझी बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ

जन्मभुमि खबर
पोखरा ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पुर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले रायमाझीलाई  काठमाडौको बुढानीलकण्ठ क्षेत्रको पासिकोट बाट आज साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले  वैशाखमा २० गते पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसपछि उनी फरार थिए ।

यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

यो प्रकरणमा नेपाल प्रहरीले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका व्यक्तिलाई पक्राउ गरिसकेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र कांग्रेस नेता एवं पूर्वसांसद आङटावा शेर्पाविरुद्ध आजै पक्राउ पुर्जी जारी भएको छ ।