जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टोपबहादुर रायमाझीलाई एमालेले गर्यो निलम्बन

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज बुधवार विज्ञप्ति निकालेर राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिनुभएको छ ।

अहिले फरार रहेका रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सचिव रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।