जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ज्यान मार्ने उद्देश्यले खुडा प्रहार गर्ने पोखरा ५ प्रर्स्याङका रोशन पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा ज्यान मार्ने उद्देश्यले खुडा प्रहार गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति पोखरा -४ गणेश टोलमा झैझगडा हुँदा स्याङ्जा अर्जुनचौपारी  २ घर भई पोखरा -१५ राम बजार बस्ने  चुत्र बहादुर गुरुङ माथि खुडा प्रहार गर्ने पोखरा ५ पर्स्याङ निवासी २१ वर्षीय रोशन शेर्पालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो।

खुडा प्रहारबाट टाउकोमा गम्भीर चोट लागि घाइते अवस्थामा भेटिएका गुरुङलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको डिएसपी  हमालले बताउनुभयो ।

डिएसपी  हमालका अनुसार घटना पश्चात् भागेका लामा एक घण्टापछि घटनास्थल भन्दा २ सय मिटर पर बेहोस भएको नाटक गरी ढलेको अवस्थामा पक्राउ परेका हुन् ।

शेर्पालाई ज्यान मार्ने उद्योग अन्तर्गत सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी  हमालले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट धारिलो हतियार खुडा फेला परेको जनाएको छ ।