जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जनता बहुउद्देश्यीय सहकारी संस्था लि. पाेखरा ३० काे ११ औं वार्षिक साधारण सभा सम्पन्न ।

विवेक न्याैपाने
जनता बहुउद्देश्यीय सहकारी संस्था लि. पाेखरा ३० काे ११ औं वार्षिक साधारण सभा २०७९ साेमबारका दिन सुर्यमुखी तमु समाज घर,मुसेटुडाँमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाे.म.न.पा वडा नं:३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले आफ्ना शेयरधनीहरूलाई सहकारीले लगानी गर्ने भएकोले नियमित काराेबार पनि सहकारी बाटै गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
विशेष अतिथिमा संस्थाका शेयर सदस्य छत्रधर आत्रेयले २०७८ सालमा एसईई परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई शुभकामना सहित सहकारीबाटै नियमित काराेबार र बचत गर्नुपर्ने बताए यस्तै यश संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष कुल बहादुर रानाभाटले विपत र गाह्रो समयमा अन्य बैकिङ क्षेत्र भन्दा सहकारी उत्तम हुने कुरामा जोड दिनुभयो ।
यस संस्थाकाे ११ औं वार्षिक साधारण सभाकाे संचालन संस्थाका सचिव भरतराज ओझाले गर्नुभएको थियोे ।