जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

छुट्टी मनाएर फर्किने क्रममा कास्कीकोटका नेपाली सेनाका जवान प्रदीप भट्टराईको मोटर साइकल दुर्घटनामा मृत्यु

जन्मभुमि खबर,
पोखरा।

तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा न.२४ कास्किकोट घर भै हाल झापाको २१ नम्बर बाहीनीमा कार्यरत २५ बर्षिय भट्टराई सवार मोटरसाइकल दुर्घटना भएको हो । छुट्टिमा घर आएका भट्टराई लकडाउनका कारणले लामो समय घरमै बसेका र आज कार्यलयमा हाजिर हुनका लागि मोटरसाईकलबाट झापा जाँदै थिए । उनका घरमा आमा,बुबा र श्रीमती छन ।