जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

छिमेकीको एक इन्च पनि जमिन चाहिँदैन हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौँ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो देशको एक इन्च भूमि पनि छाड्न नसक्ने र छिमेकीको भूमि पनि नचाहिने धारणा राखिने बताएका छन् ।

एमालेका सांसद रघुजी पन्तको प्रश्नको जवाफमा उनले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा गर्ने बताए ।

‘हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौँ । हामीलाई छिमेकीको एक इन्च जमिन चाहिँदैन,’ प्रचण्डले भने, ‘यो नीतिअन्तर्गत सबै नेपालका राजनीतिक दलहरू र यो सम्मानित सदन हामी एकमत नै छौँ । त्यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय हित, एकता अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता र भ्रम पर्न नदिने बताए ।