जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चौधरी ग्रुपको बियर प्लान्टमा भीषण आगलागी

चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। देवचुली नगरपालिका -२ मा अवस्थित चौधरी उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार आगो नियन्त्रण बाहिर रहेको छ ।

अहिले तीन वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। उनका अनुसार नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको हो । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।