जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चीनले अनुदानमा दिएको खोप २५ गतेदेखि लगाइने,६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाइ प्राथमिकतामा

जन्मभुमि खबर,
पोखरा ।
चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज चिनियाँ खोप २५ गतेबाट लगाउने निर्णय गरेको हो।

बैठकले चिनियाँ खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए। ‘अन्य उमेर समूहमा जानलाई खोपको उपलब्धता कम भएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको छ’, उनले भने। यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको मन्त्रालयको अनुमान छ।

हिमाली जिल्लाका हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने निर्णय भएको डा.गौतमले बताए। ‘सुरुमा खोपको उपलब्धता हेर्छौं, पुग्यो भन हिमाली जिल्लामा १८ वर्षमाथिका व्यक्तिमा पनि लगाउनेछौ’, उनले भने। चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये ९ लाख खोप नेपाल ल्याइसकिएको छ भने १ लाख खोप भोलि ल्याइँदै छ।