जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनको मुल्य

साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा झरेको छ ।

अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महहासंघले जनाएको छ ।