जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनको मुल्य

सोमबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । यस दिन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।

आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा सुनचाँदीको भाउ दैनिक समायोजन हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढ्न गई माग बढेकाले मूल्य बढ्दै गएको हो ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।