जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता को सहयोगार्थ गर्न पोखरा मालेपाटनमा क्रिकेट प्रतियोगिता हुने

जन्मभुमि खबर
पोखरा / मालेपाटन क्रिकेट क्लबको आयोजनामा आगामी चैतमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रङ्गशालाको सहयोगको लागि क्रिकेट प्रतियोगिता हुने भएको छ ।

चैत १३ देखि १६ गते सम्म पोखरा महानगरपालिका ५ मालेपाटन स्थित बाराही माविको खेल मैदानमा आयोजना हुन लागेको हो ।

‘खेल स्वास्थ्यलाई, सहयोग रङ्गशालालाई’ भन्ने नारा सहित ‘प्रथम मालेपाटन कप क्रिकेट २०७७’ आयोजना गर्न लागेको आयोजक क्लब जानकारी दिईएको हो ।

प्रतियोगिता संयोजक बिनय सुवेदिले क्रिकेट सँगै रङ्गशाला निर्माणमा विकास पुर्याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

उनले प्रतियोगिता सहयोगको लागि रहेको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार प्रदान गरिने उनले बताए । त्यस्तै उपविजेता टिमलाई मेडल तथा प्रमाणपत्र सहित १३ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताका सर्बोत्कृष्ट बन्ने खेलाडीलाई ट्रफी, मेडलबाट पुरस्कृत गरिने उनको भनाई छ ।