जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरु काटेको आरोपमा दश जना पक्राउ

बागलुङ, २९ जेठ- गोरु काटेको आरोपमा बागलुङको गलकोटबाट १० जना पक्राउ परेका छन् । गलकोट नगरपालिका वडा नं. ११ रिघाका उनीहरुलार्य इलाका प्रहरी कार्यालय हरिचौरले पक्राउ गरेको प्रहरीले बतायो ।
शुक्रवार दिउसो उनीहरुले गोरु काटेर खाएको भन्ने सूचना पाएपछि गएको प्रहरीले स्थानीय बिष्णु श्रीष, लालबहादुर श्रीष, मोहन श्रीष, तुलबहादुर श्रीष र यमबहादुर श्रीषलाई पक्राउ गरेको हो । त्यस्तै टंक सुनार, मनोज श्रीष, झमबहादुर काउचा, बलबहादुर बिक र बेलबहादुर श्रीष समेत पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक अर्जुनबम मल्लले बताए । उनीहरुले गोरु, गाइ वा भैसी के काटेका हुन् भन्ने अझै नखुलेकोले अनुसन्धान भैरहेको उनले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरीमा पठाइएको छ ।