जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोंगबु हत्या प्रकरणः कल्पना मुडभरीलाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई

जन्मभुमि खबर
काठमाडौँ, १९ फागुन । गोंगबुमा कृष्णबहादुर बोहोराको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् ।

सोही घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको अदालत स्रोतले जनाएको छ । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।

साथै, अदालतले मृतक बोहराको परिवारलाई राज्य कोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ । रासस