जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गैँडाको आक्रमणबाट महिलाको मृत्यु 

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–१ की तेजकुमारी सुनुवार रहेकी छन् ।

आज दिउँसो स्थानीय चतुर्मुखी सामुदायिक वनमा घाँस तथा न्युरो खोज्न गएको बेला गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।