जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सरकार विस्तार, दीपक मनाङे सहित चार मन्त्री नियुक्त

गण्डकी प्रदेशको सरकार विस्तार भएको छ ।

नेपाली कांग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गर्नुभएको छ ।

मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । मन्त्रीको शपथ दिउँसो ४ बजे हुनेछ । वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

१५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । मनाङेलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएपछि मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुनु भएको हो ।