जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गरेका हुन्। धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन्।

मतदानमा ५८ सांसद सहभागी थिए। उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले धितालको पक्षमा मतदान गरेका थिए।

उनले गोरखाको भिमसेन गाउँपालिका १ (२)बाट निर्वाचित भएका हुन्।