जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते बोलाउनका मन्त्रिपरिषद्वारा सिफारिस

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते बोलाउनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।

गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै वैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो ।

प्रदेश सरकारको बजेट असार १ सम्म ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक डाकिएको हो । मुख्यमन्त्री गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्रिपरिषदु बैठकले भौतिक प्रर्वाधार, सहरी विका तथा यातायात व्यवस्था मन्त्रालयलाई प्रदेश सडक सम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्विकृति दिइएको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।