जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

जन्मभुमि खबर ,
पोखरा ।

मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार तीनजना मन्त्री थपेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

जसमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रोशनबहादुर गाहा, कृषि तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली थपिएका हुन्।

यसअघि मुख्यमन्त्री अधिकारीसहित चारजना मन्त्री थिए।

सोमबारमात्र मन्त्रालय सात सदस्यीयमा झार्ने सहमति भएको थियो। सोहीबमोजिम मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

सुरुवातमा पनि गण्डकी प्रदेशमा सातवटा मन्त्रालय नै थिए। तत्कालीन ‘प्रदेश सरकार, प्रदेश ४ (कार्यविभाजन) नियमावली, २०७४’ मा सात मन्त्रालयको व्यवस्था थियो। त्यतिबेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय थिए।

तर, सरकारमा सहभागी हुने दलहरुले अवसर सिर्जना गर्न र भागबण्डा गर्नका लागि मन्त्रालयको संख्या आठ, ११ हुँदै १२ सम्म पुर्याएका थिए।

२०७८ पुस ११ मा मन्त्रालयको संख्या १२ कायम गरिएको थियो। मन्त्रालयको संख्या बढाइएकोमा आलोचना पनि हुँदै आएको थियो।