जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा एकैदिन ३० जनाको मृत्यु,६८८ जनामा संक्रमण पुष्टि,कास्कीका ८ जना सहित १७६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पोखरा । कास्कीका १७६ सहित गण्डकीमा थप ६८८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका थप ६८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७६ जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना, नवलपुरका १२८ जना र स्याङ्गजाका ९ जना छन् ।

यस्तै पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६८८ पुगेको छ।

गण्डकी प्रदेशमा कोरोनाका कारण ३० संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका ८ जना छन् । बागलुङका ७, पर्वत र तनहुँका ५÷५, गोरखा ३ र नवलपुरका २ संक्रमितको निधन भएको हो ।

यसअघि एकैदिन २८ जनाको मृत्यु भएको थियो । गण्डकीमा एकैदिन धेरै मृत्यु हुनेको तथ्यांकमा आज रेकर्ड ब्रेक भएको हो ।

गण्डकीमा कोरोनाका कारण निधन हुनेको संख्या ४२२ पुगेको छ ।