जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा एकैदिन २२ जनाको मृत्यु,१३७२ जनामा संक्रमण पुष्टि,कास्कीका ७ जना सहित ३५३ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पोखरा ।  बिहीबार गण्डकीमा थप १३७२ जनामा कोरोना पुष्टी भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी  दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३२७७ जनाको नमुना परीक्षण गरिएकोमा थप १३७२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि हुनेमा कास्कीका ३५३ जना, तनहुँका ९३ जना, गोरखाका १५६ जना, लमजुङका १६ जना, नवलपुरका ९४ जना भने स्याङ्गजा जिल्लामा एकैपटक ६११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९ जना, म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ । जसमा १० हजार १८८ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।

गण्डकीमा बिहीबारसम्म होम आइसोलेसनमा रहनेको संख्या ९ हजार ९०९ छन् ।

बिहीबार पनि गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना, नवलपुरका पाँच जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना र गोरखाका दुई जना छन्।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७३ पुगेको निर्देशनालयले जनाएको छ ।