जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका मुख्यमन्त्री पोखरेलले लिए शपथ,चार जना मन्त्री नियुक्त

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख सीता पौडेलले शपथ खुवाएकी हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजित नेपालीलाई मुख्यमन्त्रीमा आजै नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री पोखरेलले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

चार जना मन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री पोखरेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री नियुक्त भएका छन् । उनीहरुले पाउने मन्त्रालय भने तोकिएको छैन ।