जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीकाे बजेट ३० अर्ब ३ कराेड

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले तेस्रो दिनमै बजेट ल्याएका हुन् ।

आगामी आर्थिक वर्षका लागि बजेट केही खुम्चिएर आएको छ । मुख्यमन्त्री पोखरेलले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याइएका छन् । गत वर्ष ३४ अर्बकाे बजेट आएकाे थियाे ।

चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको उनले बताए । अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो ।

प्रदेशको आन्तरिक आम्दानी र संघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिएको हो । केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ ।

यस्तै ससर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ ।

आर्थिक वर्ष२०७८÷७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको मुख्यमन्त्री पोखरेलले बताए ।

वित्तिय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ । ए

कल कर प्रशासन मार्फत संकलन हुने स्थानीय तहलाई राजश्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।