जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ३१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार ५९६ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ४८३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ संक्रमित निको भए, २ सय २५ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार २२५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ४८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ७२ हजार ७२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २ सय २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।