जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु, ९२७१ संक्रमित थपिए

२७ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सीमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।