जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणबाट डीएसपी राजकुमार केसीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण एक प्रहरी अधिकृतको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको हो ।

दुई हप्ता अगाडि डीएसपी केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । डीएसपी केसीकोको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बिहीबार बिहान निधन भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हुनु अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए ।