जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणका कारण अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन

जन्मभुमि खबर,
पोखरा ।

पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ ।

उनको आज राति पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

बाँस्तोला लामो समय पत्रकारितामा क्रियाशील थिए ।

पत्रकार बाँस्तोता दुई साता अघि कोरोना संक्रमित भएका बाँस्तोलाको दुई साता अघि पोखराको रिजनल अस्पताल मा उपचार भएको थियो ।

जेठ २५ गतेपछि भने चरक मेरोरियलमा उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

कास्कीको पुरन्चौरमा जन्भिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले अग्रज पत्रकार बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । संघकी अध्यक्ष विमला भण्डारीले बाँस्तोलाको निधनले नेपाल पत्रकार महासंघ र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएकी छन् ।

यस्तै, पत्रकार बाँस्तोलाको निधनप्रति स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष असफल गौतमले एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार बाँस्तोलाको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

बाँस्तोला नेपाल पत्रकार महासंघ कास्कीका सदस्य एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक सदस्य हुन् ।