जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाबाट मृत्यु भएकाको मलामीमा २५ जना मात्र सहभागी हुन पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन (मलामी)मा २५ जना सहभागी पाउने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी मलामी सहभागी नहुन आग्रह गरेको हो ।  सो सम्भव नभएमा नेपाली सेनाले शव व्यवस्थापन गर्ने जनाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । यद्यपि  २५ भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सहभागी हुनुपर्ने मन्त्रालयले भनेको हो ।