जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाका संक्रमणका कारण गण्डकीमा सोमबार १३ जनाको मृत्यु पुष्टि

जन्मभुमि खबर,
पोखरा ।
कोरोना संक्रमणका कारण आज गण्डकीमा सर्वाधिक संख्या मृत्यु पुष्टि भएको छ।

महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरसको कारण पछिल्लो समय गण्डकीमा ज्यान गुमाउनेको संख्या दिनानुदिन वृद्धि हुँदै गइरहेको छ।

गण्डकीमा आइतबार मात्रै कोरोना संक्रमण भइ उपचारका क्रममा १२ जनाले ज्यान गुमाएकोमा सोमबार थप  १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार आज जारी पहिलो, चौथो नवौं र एघारौँ विज्ञप्ति अनुसार १३ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका दुई जना, पर्वत जिल्लाका दुई जना, स्याङ्गजा जिल्लाका चार जना, तनहुँ जिल्लाका एक जना, म्याग्दी जिल्लाका दुई जना र लमजुङका एक जना छन् भने, एक जना पोखरामा उपचाररत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका छन् ।