जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केदार घिमिरे भन्छन्– म सानो कलाकार हुँ, ठूलो बन्ने रहर छैन

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले आफू सानो कलाकार भएको बताएका छन् । उनले सानै भएर बाच्ने रहर रहेको पनि बताएका छन् । उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने पनि बताए ।

उनले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड पाएका छन् । बक्सअफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढिरहे पनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए । उनले ०७९ मा दशवटा चलचित्रले मुनाफा कमाउनु खुसीको कुरा रहेको बताए ।